काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ दशैंका बेला नहुने भएको छ । कोरोनाका बारे जानकारी दिन प्रत्येक दिन मन्त्रालयले गर्दै आएको पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगित भएको छ ।
दशैं पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन हुने बताइएको छ ।
तर कोरोनाका बारे सामाजिक सञ्जालबाट भने जानकारी तथा सूचना नियमित उपलब्ध गराइने छ । मन्त्रालयले २ सय ५६ दिनदेखि लगातार कोरोनाबारे नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको थियो ।
प्रकाशित | ७ कार्तिक २०७७, शुक्रबार १४:१६