बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाईरस (कोभिड -१९ ) संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेललाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस सल्लाहका प्रकास दाहालका अनुसार पौडेल केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधी अपनाएर होम आईसोलेशनमा रहनुभएको थियो । उहाँसँगै मुख्यमन्त्रीका धर्मपत्नी , एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा आज कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको हो ।


प्रकाशित | ६ कार्तिक २०७७, बिहीबार १७:५०