सूर्यविनायक नगरपालिका-१ मा एमालेलाई पछ्याउँदै राप्रपा

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नंं. १ सिरुटारको वडाध्यक्षमा एमालेले अग्रता कायम गरेको छ । एमालेसँग राप्रपाले प्रतिस्पर्धा गरिरहेको छ ।

हालसम्म १ हजार ८ सय मत गन्दा एमालेका उम्मेदवारले वडाध्यक्षमा ५५४ मत ल्याएर अग्रता कायम गरेका छन भने राप्रपाका उम्मेदवारले ५०४ मत ल्याएका छन् । उता तेस्रोमा कांग्रेसले ३९० र चौथोमा एकीकृत समाजवादीले १७९ मत ल्याएको छ ।

उता मेयरमा कांग्रेसले ७२९, एमालेले ६०८ र राप्रपाले २५१ मत प्राप्त गरेको छ भने उपमेयरमा एमालेको उम्मेदवारले ७१२, एकीकृत समाजवादीको उम्मेदवारले ३४८ र राप्रपाले ३५१ मत प्राप्त गरेका छन् ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार १९:१६