सांसद महेश बस्नेतद्वारा दशैं भत्ता वापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण

भक्तपुर । भक्तपुर क्षेत्र नं.२ का संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यसवर्षको दशैं भत्ता भक्तपुर अस्पतालमा सेवा लिन आउने गरिब, विपन्न, असाह्य विरामीको उपचारका लागि खर्च गर्ने गरीलाई सहयोग हस्तान्तरण गर्नुभएको छ ।

भक्तपुर अस्पतालमा सेवा लिन आउने गरिब, विपन्न, असाह्य विरामीको उपचारका लागि खर्च गर्ने गरी आज भक्तपुर अस्पताललाई सांसद बस्नेतले दशैं भत्ता वापतको रकम हस्तान्तरण गर्नु भएको हो ।

नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भक्तपुर अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा। सुमित्रा गौतमलाई रु। ६५ हजार हस्तान्तरण गर्नु भएको हो ।


प्रकाशित | ३ कार्तिक २०७७, सोमबार १८:४८