पार्वत गुरुङलाई सञ्चार मन्त्रीको जिम्मेवारी

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं पटक मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्नुभएको हो । साथैै दुई मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।

अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, महिला बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रकाशित | २८ आश्विन २०७७, बुधबार १९:०५