एनआरएनएको यूरोप सम्मेलन : पहिलो दिन ८ वटा सत्र सञ्चालन, दोस्रो दिनको ज्ञान सम्मेलन पनि शुरु

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन शनिवारबाट शुरु भएको छ। नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले सो बैठकको औपचारिक उद्घाटन गर्नुभयो ।

सम्मेलनमा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री डा प्रकाश शरण महत, पूर्व शिक्षा मन्त्री तथा नेकपा नेता डा गंगालाल तुलाधर, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा लगायतले सम्बोधन गर्नु भएको थियो।

त्यस्तै गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष देवमान हिराचन, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घले, संरक्षक रामप्रताप थापा, वर्तमान अध्यक्ष कुमार पन्त, सल्लाहकार कुल आचार्य, विश्व आर्दश पन्डित,सोम सापकोटा, पुष्प तिमिल्सीना, उपाध्यक्षहरुरु बद्री केसी, सोनाम लामा, मन केसी, महिला उपाध्यक्ष रविना थापा, महासचिव डा हेमराज शर्मालगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो। उद्घाटन समारोहको संचालन राजु अर्यालले गर्नु भयो।

No description available.

“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारा रहेको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन लगायत ८ ओटा विभिन्न सत्रहरु आयोजना भएको थियो ।

“युरोपको गैर आवासीय नेपाली समुदाय र नेपाली नियोगहरुबीचको सम्बन्धू विषयमा आयोजित सत्रमा युरोपस्थित आठ ओटा विभिन्न नियोगहरुमा रहनु भएका नेपाली राजदूत तथा उप नियोग प्रमुखहरु, अध्यागमन विभागका महानिर्देशक रमेश केसी, राहदानी विभागका महानिर्देशक रामकाजी खड्का लगायत सहभागी हुनु भयो।

No description available.

गैर आवासीय नेपाली नागरिकता सम्बन्धि सत्रमा पूर्व सभामुख तथा नेकपा नेता सुवास नेम्वांग, नेपाली कांग्रेसका नेता तथा सांसद डा मिनेन्द्र रिजाल, संघका सस्थापक अध्यक्ष उपेन्द्र महत्तो, रामप्रताप थापा, एनआरएनए नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा उपाध्यक्ष सोनाम लामाले सम्बोधन गर्नु भएको थियो।

त्यस्तै झन्डै ५ घण्टा चलेको एनसीसी सेसन निकै प्रभावकारी रहेको थियो ।। विशेष गरि आइसिसीले प्रस्ताव गरेको संस्थाको सांगठनीक पुनर्सरचना अनलाईन भोटिगं र निशुल्क सदस्यताको विषयमा एनसिसी अध्यक्ष तथा महासचिवहरुले आ-आफनो धारणा राख्नुभएको थियो ।

No description available.

सो अवसरमा अधिकांश एनसिसी अध्यक्षहरुले सो प्रस्तावको स्वागत गदै समर्थन रहेको र कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभएको थियो । सो कार्यक्रममा आइसिसीको तर्फबाट अध्यक्ष कुमार पन्त, महासचिव डा हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र सचिव गौरीराज जोशीले धारणा राख्नभएको थियो । यूरोप डिआरसी मुक्त गुरुगंको अध्यक्षतामा सम्पन्न कार्यक्रम आइसिसी सदस्य रामशरण सिंमखडाले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तैगरि, दोश्रो विज्ञ सम्मेलन पनि शूरु भएको छ । सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संघका अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मालगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारीहरुलगायत गैर आवासीय नेपाली विज्ञहरु पनि सहभागि हुनुुहन्छ । कार्यक्रम अहिले जारी छ । कार्यक्रममा विभिन्न कार्यपत्रहरु समेत प्रस्तुत गरिनेछ ।


प्रकाशित | १८ आश्विन २०७७, आईतवार १३:१८