कर्मचारीमा कोरोना पुष्टि भएपछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द

काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।

एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको तथा अन्य कर्मचारीमा पनि लक्षण देखिएको उहाँले बताउनुभयो । कार्यालय खुले पनि सबै प्रकारका सेवा बन्द गरिएको छ । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।


प्रकाशित | १४ आश्विन २०७७, बुधबार १५:१०