नेपालमा थप १ हजार १५४ जनामा कोरोना संक्रमण, १६ जनाको निधन

काठमाडौं : नेपालमा थप १ हजार १५४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ५३३ जनाको पिसिआर परीक्षण भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा १ हजार ५ जना निको भएका छन्। हालसम्म ४७ हजार २३८ जना निको भएको प्रवक्ता गौतमले बताउनुभयो ।

त्यस्तै, सोमबार काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ।

काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ४२७ पुगेको छ। झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ५ आश्विन २०७७, सोमबार १६:३५