ताप्लेजुङमा कार दुर्घटना, २ घाइते

ताप्लेजुङ: सदरमुकाम फुङ्लिङको हेलिप्याड गेटनजिकै कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा २ जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बा १२ च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक गाडी धनी ललितपुर कुसुन्ती बस्ने टंकलिम्बू र उनीसँगै सवार कालीबहादुर तामाङ घाइते हुनुभएको छ । यात्रु पाथीभरा मन्दिरको दर्शनका लागि हिंडेको पाइएको डिएसपी सञ्जयसिंह थापाले जानकारी गराउनुभयो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १८:०९