रुपन्देहीको गाई फर्ममा कोदालो प्रहार गरी पाँच जनाको हत्या

रुपन्देही: रुपन्देही तिलोतमा नपा मैनाहावा गंगादेवी पशु फर्ममा कार्यरत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीका एसपी हेम थापाका अनुसार मृतक मध्ये चार पुरुष, एक महिला छन् । घटनामा मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेका छ । उनीहरूको ठेगाना भने खुल्न बाँकी छ ।

उनीहरू सबै कान्छीबजारको मैनहवास्थित भैँसीफार्ममा काम गर्ने व्यक्ति हुन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरी रहेको जनाएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार ०८:२३