आवश्यक परे संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । ‘व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधान संशोधन गर्न सकिन्छ’, ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ ।’

प्रधानमन्त्री ओलीले जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडी बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको माग अनुसार परिवर्तनको गतिलाई अगाडी बढाउनका लागि न्याय, समानता वा विकासर्लाइ यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो प¥यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’’


प्रकाशित | २ आश्विन २०७७, शुक्रबार १५:०९