राष्ट्रियसभाका नवनियुक्त सदस्य वामदेव गौतमद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त सदस्य वामदेव गौतमले शपथ लिनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई सपथ ग्रहण गराउनुभएको हो । लामो रस्साकस्सी र प्रयासपछि गौतम आज राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो ।

सरकारले सोमवार सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्रै गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको थियो ।

शपथपछि गौतमले आफ्नो कुनै स्वार्थ नरहेको र संविधान अनुसार नै आफू संसदमा छिरेको बताउनुभयो । समाजवाद स्थापनाका लागि काम गर्ने गौतमको दावी छ ।

तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्ये एक सिट रिक्त थियो ।


प्रकाशित | १ आश्विन २०७७, बिहीबार १९:३४