असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खोल्ने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ : आगामी असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन हुने भएको छ । आज (सोमबार ) बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

सरकारले गत चैतदेखि लामो दूरीका सवारी र आन्तरिक उडान बन्द गरेको थियो ।


प्रकाशित | २९ भाद्र २०७७, सोमबार २१:१५