वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा

काठमाडौँ : वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गत मंसिरमा गठित उपसमितिद्वारा मंसिरमा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । उपसमिति संयोजक दीपप्रकाश भट्टबाट प्रतिबेदन बुझ्दै सभापति पवित्रा निरौलाले यसमाथि जेठमा छलफल गरिने बताइन् ।

‘समितिमा प्रतिवेदन प्राप्त भयो, छलफलपछि सार्वजनिक गर्नेछौँ,’ उनले भनिन् । २३ अर्ब २० करोड रुपैयाँमा नेपाल वायुसेवा निगमले किनेको दुईवटा एयरबस कम्पनीका वाइडबडी खरिद प्रक्रियामा त्रुटि रहेको भन्दै मंसिर ७ गतेको बैठकले कांग्रेस नेता प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार ०८:४०