नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज

काठमाडौं – नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३३ हजार ८८२ उपचारपछि निको भएका छन्।

हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् भने यीमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना छन्। होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना छन् ।हाल देशभर ५ हजार ४८० क्वारेन्टाइनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल पीसीआर परीक्षण संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ । विगत २४ घण्टामा ११ हजार १६७ ओटा पीसीआर परीक्षण गरिएको छ ।

विगत २४ घण्टाको अवधिमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।


प्रकाशित | २४ भाद्र २०७७, बुधबार १६:३९