एनआरएनए आइसिसी सचीव पदमा अस्ट्रेलियाबाट अभिमान सिंह बस्नेतको उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीको सचीव पदमा अस्ट्रेलियाबाट अभिमान सिंह बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको विशव सम्मेलनमा सचीव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । अष्ट्रेलियाको ब्रिसबेन शहरमा बसोवास गर्दै आउनुभएको अभिमानले एनआरएनए अष्ट्रेलिया लगायत विभिन्न संघ संस्थामा आबद्ध भएर काम गरिसक्नु भएको छ । अभिमानको चुनावी घोषणापत्र जस्ताको तस्तै :-

गैर आवासिय नेपाली संघ (एनआरएनए) का अग्रज, दाजुभाई दिदीबहिनी ईस्ट मित्रहरुमा म अष्ट्रेलिया निवासी अभिमान सिंह बस्नेतको तर्फबाट हार्दिक अभिबादन तथा नमस्कार !

आगामी अक्टोबर १५ -१७ मा नेपालमा हुन गैरहेको एन।आर।एन।ए अन्तरराष्ट्रिय परिषद(ICC) को सम्मेलनको दौरानमा हुने निर्वाचनमा म आँफु पनि सचिब पदको आकांक्षी रहेको कुरा यहाँहरु सबैमा सविनय जानकारी गराउन पाउँदा खुशी लागेको छ। म सन् २००८ बाट अस्ट्रेलियाको ब्रिसबेन शहरमा बसोबास गरिरहेको छु । सन् २०१५ -२०१७ को कार्यकालको लागि एन।आर।एन अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य सँयोजक भएर काम गरे यता निरन्तर रुपमा म नेपाली डायस्पोराको अष्ट्रेलियाली समाजमा सकृय छु र यस अघि नेपाल रहँदा देखि नै सामाजिक सरोकारका काममा आफ्नो क्षमता र दक्षताले भ्याएसम्म लागि परिरहेकै छु।

मैले एन।आर।एन अभियानलाई हाम्रो अधिकार, जिबनशैली अनि जिम्मेवारीको अभियानको रुपमा लिएको छु। हामीले दोहोरो नागरिकता पाउँदै गर्दा हामी जन्मेको राष्ट्र प्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नु पर्छ भन्ने मैले राम्ररी बुझेको छु। सायद हामी पछीको वा हाम्रा छोराछोरी नाती नातिनाको पिँढीले पनि आफ्ना बाबु आमा र पूर्खाको ईतिहास र बिरासतलाई कुनै न कुनै ढंगले सम्झने वा नेपाललाई कुनै न कुनै तबरले योगदान पुर्याउलान भन्नेमा आशा गर्न सकिन्छ। हामी नेपालीहरुको माइग्रेसनको ईतिहास खासै लामो पनि त होइन, तर पनि यो प्रबासी जिबन अजमाउने कुरो हाम्रो लागि नौलो र नयाँ पनि होइन। धेरैले यो सानो समयमा उल्लेख्य प्रगति गरेका छन, जिबन र जगतको अनुभब गरेका छन, सफल भएका छन, ब्यबसायिक भएका, नाम कमाएका छन। अहिलेको अबस्थासम्म आइपुग्दा नै सफल बैज्ञानिक, बिज्ञ, ब्यबसायी, मार्गदर्शक, समाजसेबी, राजनीतिक एबम अनेकौं पेशाकर्मीको पहिचान बोकेर विश्वभरका नेपालीहरुले जताततै दह्रो उपस्थिति बनाएका छन। त्यसमा गर्व गर्न सक्नुपर्छ हामीले।

कर्मभूमिमा सिकेको ज्ञान र शिप अनि समृद्दीलाई मातृभूमीको उत्थान र बिकासमा लगाउने जिम्मेवारी पनि अहिले सम्पूर्ण एन।आर।एनहरुले महसुस गरेका छौं होला भन्ने बिश्वास मलाई छ । हामी नेपाल आमाको मुहारमा चमक ल्याउन अनि नेपाल र नेपालीको समुन्नतीको लागि आगामी दिनमा यो अभियान मार्फत अझै धेरै काम गर्न सक्नेछौं र यसमा जुट्न चाहिने तागत र प्रतिबद्दता जुटाउन कुनै कसर बाँकी राख्ने पनि छैनौ।

बर्तमान समयमा अलिकति त्रास त नभनौं केही असहज बाताबरण उत्पन्न भए जस्तो पनि महशुश गरेका छौं हामीले। त्यो के भने हामीले सिकेको ज्ञान,शिप अनि आर्थिक लगानीको सुरक्षामा आइपर्ने कानुनी अड्चनको कुरो कसरी निप्टारा लाग्ला भन्नेमा सर्वसाधारण एन।आर।एनहरुले चिन्ता पनि ब्यक्त गर्ने गरेका छौं। यसको ज्वलन्त उदाहरण एन।आर।एन भवन रहेको छ। हाम्रा अग्रजहरुले लालपुर्जा भएको जग्गा नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट मालपोत मिनाह गराएर खरिद गरिकन बनाइएको थियो त्यो भाबन। भबिश्यमा कुनै ब्यबस्था त होला तर यो आप्रबासी नेपालीको भवन सरकारीकरण हुने पो हो कि भन्ने असहजता पनि देखिएको छ। जसले गर्दा ४० लाख नेपालीको उत्साह,मेहनत र पसिनाको कमाइबाट संकलन गरेर किनिएको भवन त सुरक्षित बनाएर एनआरएनहरुले आफ्नो भन्न सजिलै नपाउने स्थितिमा हाम्रो व्यक्तिगत तवरले गरिएको लगानी कसरी सुरक्षित रहला र? भन्ने जिज्ञासा सँगै त्रास उत्पन्न भएको धेरैले महसुस गरेका होलान । मलाई आशा छ नेपाल सरकारले यो झन्झटबाट एन।आर।एनहरुलाई चाँडै नै मुक्त गर्दै हामीलाई न्याय दिने छ।

प्रसँग बदलौं, मलाई थाहा छ एन।आर।एन मा राजनीति गर्नु हुदैन र एन।आर।एन भित्र हुन सक्ने अनाबश्यक दलिय राजनीतिको म आँफु पनि बिरोधी हो। तर एन।आर।एन हाक्न दलिय राजनीति होईन संस्था चलाउन चाहिने ब्यबस्थापकिय राजनीति, बैचारिक बहसमा सबै राजनीतिक शक्तिलाई बुझाउन सक्ने खरा, राजनैती बुझेको अनि पहुच भएको नेतृत्वको पनि अहिले एकदमै आवश्यकता रहेको मैले बुझेको छु । अहिले हामीले दोहोरो नागरिकता अनि लगानी र सम्पतीको सुरक्षाको लागि राजनैतिक नेतृत्वसम्म हाम्रो आवाज पुर्याउन सक्ने नेतृत्व चाहिएको मैले पनि महसुस गरेको छु। एन आर एनहरुको पनि आफ्नै मौलिक राजनीति हुनपर्छ जसले सकारात्मक सोच र पहल निर्माणको लागि चाहिने राजनीति गर्न सघाओस।  एनआरएनको आगामी कार्यकालको लागि म निर्वाचित भएँ भने निम्न कुराहरुलाई प्राथमिकता साथ कार्यान्वयन गर्न नेतृत्वको टिममा रहेर काम गर्ने छु ।

१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।

२) पर्यटन प्रवर्द्दनमा एन।आर।एनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने।

३) Genealogy tourism लाइ प्राथमिकतामा राखेर योजना बनाउने।

४) संसारभरीको NCC ले ICC लाई तिर्दै आएको US $ ५ सदस्यता लेभी घटाउन पहल गर्ने ।

५) ज्ञान शिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्दिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने।

६) बर्तमान समयमा ICC का अधिकांश कामहरुलाई NCC ले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा ICC ले NCC लाई पनि  अझ बढी सहयोग गर्ने बाताबरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने।

७) ICC र NCC को प्रत्यक्ष कम्युनिकेसनको बाताबरण बनाउने ।

८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने।

९) ICC सचिबको रुपमा महासचिब र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने।

माथि उल्लेखित योजनाहरुलाई मेरो एजेण्डाको रुपमा आगाडी ल्याएको छु। नेपाल पुगेपछी छलफल, परिस्थिती र भूमिका हेरेर यसलाई अझ परिस्कृत गर्ने छु। आगामी २ बर्ष मेरा एजेण्डाहरु मात्र होइन तपाईंहरूको सल्लाह र सुझाबलाई पनि समेटेर मैले मेरो क्षमताले भ्याएसम्म एन।आर।एनहरुले लिएको उद्देश्य र योजना कार्यान्वयन गर्न कटिबद्द रहनेछु।


प्रकाशित | १६ भाद्र २०७६, सोमबार १९:२१