मनोसामाजिक समस्याको संबोधन गर्ने गरी तत्काल योजना बनाएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

मनोचिकित्सकहरूसँग परामर्श

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड -१९ का कारण सिर्जित मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गर्नुभएको छ ।

आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकहरूको विशेष योगदान हुने जोड दिनुभयो ।

Prime Minister's Press Advisor को फोटो।

उक्त अवसरमा प्रा डा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीज्यूले आमन्त्रित गरेर सल्लाह सुझाव लिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

Prime Minister's Press Advisor को फोटो।

प्रधानमन्त्रीले थप्दै भन्नुभयो, ‘कोभिड १९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’


प्रकाशित | २३ भाद्र २०७७, मंगलवार १४:२६