बागलुङमा खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कविहीन

गल्कोट – बागलुङको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो जाँदा एक दर्जन मानिस वेपत्ता भएका छन्। ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण एक दर्जन मानीस बेपत्ता भएका हुन ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार बाढीका कारण १ दर्जन मानिस बेपत्ता भएको र १ जनाको शव फेला परेको छ । न्यौपानेले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिनुभयो।

ढोरपान शिकार आरक्ष प्रबेश द्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गाउँहरुमा क्षती पु्याएको हो ।

पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।

यस्तै बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ।


प्रकाशित | १८ भाद्र २०७७, बिहीबार ०७:४८