कतारमा एनआरएनएको एक्काइसौ चरणको राहत, अहिलेसम्म ७ हजार २ सय १७ नेपालीलाई वितरण

दोहा – गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले राहत वितरण कार्य अझै जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले एक्काइसौ चरणको राहत वितरण पनि सम्पन्न गरेको छ । कतारमा कोभिड – १९ को कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले एक्काइस चरणसम्म आइपुग्दा ७ हजार २ सय १७ जना नेपालीलाई राहत वितरण गरिसकिएको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार अहिलेसम्म ७ हजार २ सय १७ जना कोभिड प्रभावीत नेपालीलाई राहत वितरण गरिसकिएको हो ।

क़तार सरकारको प्ररराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयद्वारा क़तार च्यारिटी मार्फ़त प्राप्त ख़ाद्यान्न क़तारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त विवरण तथा आफै अनलाइन फाराम भरेका नेपालीलाई एनसिसीद्वारा गठित उद्दार तथा राहत बितरण समितीले बीसौ चरणमा विभिन्न ठाउँमा रहेका ६ सय २७ जना नेपालीलाई बितरण गरिएको अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

त्यस्तै, कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको पनि अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

कोभिड १९ अर्थात कोरोनाका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ । त्यस्तै, गैर आवासीय नेपाली संघ कतारको समन्वयमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्दै स्वदेश फर्काउने कार्य समेत जारी राखिएको छ ।


प्रकाशित | १३ भाद्र २०७७, शनिबार १२:०४