सज्जा चौलागाईंले जितीन् नेपाल आइडल सिजन–३ को उपाधि

काठमाडौं – नेपाल आइडल सिजन–३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छिन् । नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि हात पारेकी हुन ।

त्यस्तै, फस्ट रनर रनर अफ प्रवीण बेडुवाल बन्न सफल भए भने सेकेन्ड रनर अफको उपाधि किरणकुमार भुजेलले जिते । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गर्नुभएको हो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए ।

नेपाल आइडलमा विजेतालाई ५० लाख, फस्ट रनर अफ १० लाख र सेकेन्डरनर अफलाई ५ लाख पुरस्कार रहेको छ । एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।


प्रकाशित | १२ भाद्र २०७७, शुक्रबार २२:०५