माओवादीद्वारा भारतमा एक निर्वाचन अधिकृतको हत्या

काठमाडौं : भारतको पूर्वी राज्य ओडिशामा दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टाअघि एक निर्वाचन अधिकारीको हत्या भएको बिविसीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीको सन्दिग्ध माओवादीहरूले हत्या गरेको बीबीसले जनाएको छ । संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदानकेन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ। विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा ओडिशासमेत १२ राज्य र केन्द्रशासित एउटा क्षेत्रमा बिहीवार दोस्रो चरणमा मतदान भैरहेको छ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १३:४४