नेकपा स्थायी कमिटीको ११ बजेको बैठक १ बजेका लागि सारियो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको बैठक दुई घन्टा पछि सारिएको छ । आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित गरिएको हो । बैठक आजै दिउँसो १ बजे बस्नेछ ।

बैठक अघि दुई अध्यक्षबीच सहमतिको प्रयास गर्ने भन्दै बैठक सारिएको नेताहरुले बताएका छन् । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक असार २० देखि नियमित रुपमा स्थगित हुँदैआएको छ ।


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार ११:५६