काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं –नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २२ जनाको पिसिआर परिक्षण गरिएकोमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८  पुगेको छ। 

हाल देशभर ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । ७ हजार ८ सय ८७ आइसोलेसनमा छन् । होम आइसोलेसनमा ३ हजार १ सय ३१ जना रहेका छन् । देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टाईनमा रहेका छन् ।

पछिल्लो २४ घन्टामा १२० जना डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय जना पुगेको छ ।

काठमाडौं उपत्यकामा बुधबार थप १५९ जनामा संक्रमण देखिएको छ । काठमाडौंका १३४ जना, भक्तपुरका ८ जना र ललितपुरका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


प्रकाशित | ३ भाद्र २०७७, बुधबार १६:२७