कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए प्रमाणपत्र

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र ग्रहण गर्नु भएको छ । सभापतिसहित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नु भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापति शेर बहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए ।


प्रकाशित | १० पुष २०७८, शनिबार १२:५८