एसईईको नतिजा सार्वजनिक

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ । वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९०६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रामाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार विद्यालयबाट आएको विद्यार्थीको प्राप्ताङ्कलाई सङ्कलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको हो । यसैबीच, एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि पाउनेछन ।

गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित गरिएको थियो । परीक्षा कोभिड–१९ कारण अन्तिम समयमा स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक भएको हो । एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यसरी हेर्न सकिन्छ नतिजा–


प्रकाशित | १ भाद्र २०७७, सोमबार २०:२९