नेपालमा कोरोना संक्रमीत ३१ जना डिस्चार्ज, उपचाररत ७८ जनाको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौं : नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म उपचारपछि ३१ जना डिस्जार्च भइसकेका छन् भने उपचाररत ७८ जनाको स्वास्थ्य अवस्था पनि सामान्य छ ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ। जसमा नेपालमा हालसम्म ७२ हजार २ सय ३९ जनाको नमूना परीक्षण भएको छ। १६ हजार ३ सय ९ जनाको पिसिआर र ५५ हजार ९ सय ३० जनाको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय ४१ गरी कुल १ सय ४३ जना अस्पतालको आईसोलेसनमा भर्ना भएका छन्। मुलुकभर हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उदयपुर, रौतहट, पर्सा र बारामा ५ हजार ३ सय २० जनाको नमूना संकलनका लागि टोली खटाएको छ। हालसम्म ४ सय बढीको नमूना संकलन गरिएको देवकोटाले जानकारी दिनुभयो ।

 


प्रकाशित | २७ बैशाख २०७७, शनिबार १८:०१