काठमाडौं उपत्यकामा १०६ सहित थप ४६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा थप ४६४ जनामा संक्रमण देखिएको हो । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ।

शुक्रबार २२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ७० जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमले काठमाडौंका ८८ जना, ललितपुरका १० र भक्तपुरका ८ जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको जानकारी गराउनुभयो ।


प्रकाशित | २३ श्रावण २०७७, शुक्रबार १६:४३