सार्वजनिक यातायात प्रयोगकर्ताका लागि एनआरएनए स्वास्थ्य समितिद्धारा निर्देशीका तयार, यस्तो छ निर्देशिका

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वास्थ्य समितिले सार्वजनिक यातायात प्रयोगकर्ताका लागि निर्देशिका तयार पारेको छ । विश्वका विभिन्न विज्ञहरुले विभिन्न देशको अनुभव समेटेर निर्देशीका तयार पारिएको हो ।

समितिका सभापति डा. सञ्जिव सापकोटाका अनुसार कोभिड महामारी अन्त्य भइनसकेको वर्तमान अवस्थामा पनि लकडाउन खुलेर सार्वजनीक यातायात सञ्चालनमा आएको हुँदा सार्वजनीक यातायात प्रयोगकर्तालाई के गर्दा र कस्तो सावधानी अपनाउँदा कोरोनाबाट बच्न र बचाउन सकिन्छ भन्ने सचेतना गराउने उद्देश्यले निर्देशीका तयार पारिएको हो । समितिले तयार पारेको निर्देशीका जस्ताको तस्तै :-

सार्वजनिक यातायात प्रयोगकर्ताका लागि निर्देशिका

उदेश्य

सार्वजनिक यातायात घुमफिरको मुख्य माध्यम हो । यात्रु र सार्वजनिक यातायात संचालकहरुले कोरोना भाईरसबाट बच्नको लागि सुरक्षा उपाय अपनाउन जरुरी देखिन्छ ।

नेपाल तथा विश्वको अरु ठाउँहरुमा सार्वजनिक यातायात , व्यापार, व्यवसाय र काम सुचारु हुन लागेकोले आफ्नो दैनिक कामको सुरुवात कोरोनाबाट सुरक्षित रहन् व्यक्तिगत सुरक्षाको उपाय अपनाउन जरुरी देखिन्छ । हाल, नेपाल जस्ता देशमा कोरोना संक्रमणको जोखिम धेरै रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य संस्था तथा विश्व स्वास्थ्य संगठनको निर्देशिका पालना गर्न आवश्यक रहेको छ र यो निर्देशिकाले तपाईलाई अझ बढी सुचना दिने छ ।

मुलतः नजिक बसाईको कारण श्वास प्रश्वासको माध्यमबाट निस्किने सिंगान तथा थुकको थोपाको मध्यमबाट कोरोना भाईरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जानकारी रहेको छ । यसका साथै भाईरसबाट धेरै दुषित ठाउँहरु जस्तै संक्रमितले प्रयोग गर्ने कोठा, अस्पतालको वार्ड, सार्वजनिक यातायात पनि संक्रमणको माध्यम छन् । सतहको प्रकृति अनुसार कोरोना भाईरस प्राय २४ घण्टा सम्म जीवित रहन्छन्। केहि ठोस बस्तुमा केहि दिनसम्म र कागज तथा कपडा जस्ता नरम माथि केहि घण्टा सम्म जीवित रहन्छन् भने यस माथि अझ अनुसन्धान हुन् बाँकी छ ।

परिवेश

नेपालमा सार्वजनिक यातायातको रुपमा बस, माईक्रो, जिप इत्यादी रहेका छन् भने विश्वको विकशित तथा अत्याधिक जनसंख्या भएका देशमा रेल, मेट्रो तथा भूमिगत रेल मुख्य सवारी साधनहरुका रुपमा रहेका छन् । निम्न कारणले गर्दा सार्वजनिक यातायात अत्याधिक जोखिममा रहेका छन् :-

धेरै व्यक्तिहरु सानो ठाउँमा संकुचित रहनु परेकोले,

माईक्रो बस र बसमा संकुचित सिट रहेकोले,

सार्वजनिक यातायातमा धेरै यात्रु राख्ने भएकोले,

सम्भावित विरामी व्यक्तिहरुलाई पहिचान गर्ने उपाय नभएकोले,

यात्रुहरुले धेरै सार्वजनिक सतहहरु जस्तै टिकेट काउन्टर, सिट तथा ढोका छुने भएकोले ।

यात्रुको लागि निर्देशिका

यदि मिल्छ भनेहिड्ने वा साईकल चढ्ने,आफ्नो यात्राको बाटो पहिला नै तयगर्ने र गाडीको बाटोको पनि ख्याल गर्ने,

सार्वजनिक यातायातमा यात्रा गर्दा आफुसुरक्षित रहनकुनै पनि सतहलाई नछुने प्रयास गर्ने,

कुनै सतह छुदा कम्तिमा ६०५ अल्कोहोल भएको सेनीटाईजरले हात सफा गर्ने,

मेडिकल वा कपडाको मास्कले प्रयोग गर्ने,

अरु यात्रुलाई ओर्लिने दिने र त्यसपछि चढ्ने,अरुले दिएको पानी, खाना वा अरु पत्र पत्रिका नलिने,

सकेसम्म अनलाईन पैसा तिर्ने,

सकेसम्म ६ फिटको दुरी कायम गरेर टाढा बस्ने,

स्थानीययातायात विभागको सुचना लिने र आफ्नो

गन्तब्यको लागि योजना बनाउने,

फिजुल झोला वा कपडा नबोक्ने,

जेष्ठ नागरिक, बच्चाबिरामी, गर्भवती वा अन्य संक्रमणको उच्च जोखिममा रहेको यात्रुले

सकेसम्म सार्वजनिक यातायात प्रयोगनगर्ने,

हातले आखा, मुख र नाक नछुने र भ्याएको बेला २० सेकेन्डसम्म साबुन पानीले हात धुने ।

व्यक्तिगत सुरक्षा

हामीले सबै व्यक्तिहरुलाई निम्न लिखित उपायहरु गर्न परामर्श दिन्छौ:-

सधै मास्कको प्रयोग गर्ने र यदि किन्न सकिने अवस्था नभएमा कपडाको मस्क बनाएर प्रयोग गर्ने,

बेला बेलामा २० सेकेन्डसम्म साबुन पानीले हात धुने,

हाच्छ्युगर्दाहातको केहुनामा छोपेर गर्ने वा टिस्यु कागजको प्रयोग गर्ने,

धेरै छोईने सतहहरु जस्तै धोकाको लक, ह्यान्डल, इत्यादीलाई बेला बेलामा निर्मलीकरण गर्ने,कत्मीमा ६ फिटको भौतिक दुरी कायम राख्ने,

यदि रुघा, खोकी, ज्वरो, स्वासको समस्या, इत्यादी जस्ता लक्षण देखिएमा घरमै बस्ने र अरुसंग भौतिक दुरी कायम गर्ने,

यदिस्वास्थ्य विभागले परामर्श दिएमा आईसोलेशनमा बस्ने ।

कोरोना महामारीको कारणले सबै जना चनाखो बस्ने र केहि खतरा भएमा आफ्नो नियमित कार्यलाई बन्द गर्ने,

लक्षण देखिएमा छिटो भन्दा छिटो चिकित्सकसंग परामर्श लिने र कोरोनाको परिक्षण गराउने,

केहि व्यक्तिहरु कोरोनाको कारण जिर्ण रोगि हुन सक्ने भएकोले त्यस्ता उच्च जोखिमका व्यक्तिहरुले सतर्क रही सुरक्षाका नियमित उपायलाईअपनाउने।

कैफियत

सार्वजनिक यातायात देशको आर्थिक क्रियाकलापको मेरुदण्ड र अति आवश्यक सेवा हो । हामीले अहिले कोरोना महामारी संग जुधिरहेकोले यी सम्पूर्ण सुरक्षाको उपाय अपनाउन जरुरी रहेको छ।

यो निर्देशिका गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका डा. केनोपमा ज्ञवाली र डा. सन्जीव सापकोटाद्वारा विभिन्न स्रोत र विभिन्न देशका विज्ञहरु संगको परामर्श लिई तयार पारिएको हो। यसको सम्पादन डा. सिद्धार्थ भण्डारी, एलिज़ा केसी, र गोबिन्द श्रेष्ठले गर्नुभएको हो । यसको अनुबाद कुनाल मिश्राले गर्नु भएको हो ।

केहि प्रश्न वा सुझाव भएमा डा. सन्जीव सापकोटा, संयोजक, स्वास्थ्य समिति, गैर आवासीय नेपाली संघ


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार २०:५१