पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौँ– पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले जानकारी दिनुभएको छ ।

मन्त्री भट्टराईले गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि शुक्रबार बेलुका हल्का ज्वरो आएको र शनिबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी गराउनुभयो ।

हालसम्म ज्वरो बाहेक अरु स्वास्थ्य समस्या नभएको सामाजिक सञ्जालमार्फत बताउँदै केहीदिन देखि आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन र कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।


प्रकाशित | २४ आश्विन २०७७, शनिबार २०:०९