उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेकोको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ। योसँगै उपत्यकाको कुल संक्रमित संख्या ७८९ पुगेको छ।

बिहीबार देशभर ३६० संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितकोे संख्या २१ हजार ७ सय ५० पुगेको छ। २३३ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार १६:४७