एनआरएनए अध्यक्ष कुमार पन्त स्थापना दिवसमा सहभागि हुन यूकेमा, एयरपोर्टमा भब्य स्वागत

लन्डन  : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको १५ औं स्थापना दिवस कार्यक्रममा सहभागि हुन अध्यक्ष कुमार पन्त यूके आइपुग्नु भएको छ । यूकेले १५ औ वार्षिकोत्सव आज मनाउन गइरहेको छ । स्थापना दिवसमा प्रमुख अतिथीका रुपमा अध्यक्ष पन्त यूके आइपुग्नु भएको हो ।

संघको विश्व सम्मेलनबाट अध्यक्ष निर्वाचीत हुनुभएपछि एनसिसीको कार्यक्रममा पहिलो पटक अध्यक्ष पन्त सहभागि हुन लाग्नुभएको हो । यअसघि अध्यक्ष पन्तले संघका विभिन्न प्रोजेक्ट तथा संस्थालाई संस्थागत ढंगले अगाडि बढाउन ब्यस्त हुनु भएको कारण एनसिसीका विभिन्न कार्यक्रममा सहभागि हुन सक्नुभएको थिएन ।

अध्यक्ष पन्त नेतृत्वमा आइसकेपछि एनआरएनमा सुधारको संकेत देखिन थालेपछि अब विस्तारै एनसिसीका कार्यक्रममा पनि अध्यक्ष पन्त सहभागि हुन थाल्नुभएको हो । त्यसै सिलसिलामा यूकेको स्थापना दिवस कार्यक्रममा सहभागि हुन यूके आइपुग्नु भएको हो ।

सो अवसरमा अध्यक्ष पन्तलाई  गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीना, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, आइसिसी सदस्य रामशरण सिंखडा,आईसिसी सदस्य सुरोज मास्के, मानार्थ सदस्यहरु विनोद ज्ञवाली,  बिजन भट्ट र मोहन गुरुङ सल्लाहकार एलएन पाण्डे, जीवन सेन, महासचिव फणीन्द्र भट्टराई, कार्यसमिति सदस्य हेम गुरुङ, मिडिया संयोजक धुब्र अर्यालले एयरपोर्टमा स्वागत गर्नुभएको थियो ।

 

तस्विर: जीवन सेन


प्रकाशित | २२ फाल्गुन २०७६, बिहीबार १७:१७