‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ, सरकार अब अति भो’

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ‪भुसको आगोझै संक्रमण फैलीरहँदा परीक्षणको दायरा बढाउन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ ।

नेता थापाले सामाजीक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त । ‪स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ।’

उहाँले थप्दै भन्नुभएको छ, ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ,सरकार अब अति भो ।


प्रकाशित | १६ श्रावण २०७७, शुक्रबार ११:२५