सुनको भाउ तोलाको ९९ हजार पुग्यो

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो भाउ अहिलेसम्मकै महंगो हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढिरहेको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ ।


प्रकाशित | १५ श्रावण २०७७, बिहीबार १२:०५