सुनको भाउ तोलाको ९८ हजार ५ सय पुग्यो, चाँदीको घट्यो

काठमाण्डौ – सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर ९८ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको हो ।

आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।


प्रकाशित | १४ श्रावण २०७७, बुधबार ११:०४