एकैदिन ६६४ ले कोरोना जिते, निको हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएको बताउनुभयो।

योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।


प्रकाशित | १८ असार २०७७, बिहीबार २१:०५