सुनको भाउ झन् महँगो, आज १३ सय रुपैयाँ बढ्यो, तोलाको ९५ हजार ८ सय पुग्यो

काठमाण्डौ : सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । दैनीक सुनको भाउ बढेको बढ्यौ छ । आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुनसार यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको बढ्ने क्रम जारी छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुन अस्ति तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलामा १३ सय रुपैयाँ बढेको सुन हिजो ५ सय र आज १३ सय रुपैयाँ नै बढेको हो । यो हप्ता मात्रै सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित | ९ श्रावण २०७७, शुक्रबार १३:२८