एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनको तयारी तीब्र, विभिन्न समितिहरु गठन

क्यानडा : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । विज्ञ सम्मेलन आगामी सेक्टेम्बर पहिलो साता सेक्टेम्बर ५ र ६ तारिखमा क्यानडामा आयोजना गरिदैंछ । क्यानडामा सम्मेलनको मिती र स्थान तय गरेसँगै अन्य आवश्यकीय तयारी थालीएको हो ।

विज्ञ सम्मेलनको लागि विभिन्न क्षेत्रीयस्तरीय समिति समेत गठन गरिएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय बैठकले आयोजक समिति, विज्ञ तयारी समिति, सल्लाहकार समिति गठन गरेको हो ।

बैठकले एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको नेतृत्वमा रहने गरि क्षेत्रीय महिला संयोजक उमा कार्की ( थापा, क्षेत्रीय युवा संयोजक विमला सापकोटा, क्षेत्रीय उपसंयोजक रामसी पोखरेल, क्यानडाबाट गोपी काफले, दुवै देशका आइसिसी सदस्यहरु र एनसिसी अध्यक्ष रहने गरि आयोजक समिति गठन गरेको हो ।

त्यस्तै, बैठकले तीन सदस्यीय विज्ञ तयारी समिति समेत गठन गरेको छ । समितिमा डा. लक्ष्मी पाठकको संयोजकत्वमा अमोद पोखरेल, नारायण घिमिरे हुनुहुन्छ । साथै सल्लाहकार समितिमा आइसिसीको तर्फका उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा र सचिव गौरीराज जोशी रहनु भएको छ ।

एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक क्यानडामा विज्ञ सम्मेलन आयोजना हुन लागेकोमा खुसी ब्यक्त गर्दै अन्य आवश्यकीय तयारी समेत तीब्र बनाइएको छ ।


प्रकाशित | ७ श्रावण २०७७, बुधबार १५:११