लायन्स क्लव अफ काठमाडौं मोडेलद्धारा बृक्षारोपण कार्यक्रम, भक्तपुरमा ३ सय बढी विरुवा रोपीयो

भक्तपुर : लायन्स क्लव अफ काठमाडौं मोडेलले अरनीको राजमार्ग अन्तर्गतको भक्तपुरको सडकको दायाँबायाँ हरियाली बनाउने अभियान सञ्चालन गरेको छ ।

सो अभियान अन्तर्गत आज मध्यपुर थिमीको शख्खधर चोकदेखि राधेराधेसम्मको सडकको दायाबायाँ ३ सय भन्दा बढी विभिन्न खालका विरुवा रोपिएको हो । सामाजीक कार्यमा निकै सक्रियतापूर्वक लागिपर्दै आएको लायन्स क्लव आफ काठमाडौं मोडेलले पछिल्लो समय आफनो गतिविधीलाई सक्रियतापूर्वक सञ्चालन गर्दै आएको छ ।

सडकको दायाँबायाँ हरियाली बनाउने अभियान अन्तर्गतको आजको वृक्षारोपण कार्यक्रम मध्यपुर थिमी नगरपालिकाका मेयर मदनकुष्णा श्रेष्ठले विरुवा रोपेर शूरु गर्नुभयो । सो अवसरमा मेयर श्रेष्ठले सडकको दायाबायाँ विरुवा रोप्ने कार्यको प्रशंसा गर्दै विरुवालाई हुर्काउने कार्यमा पनि ध्यान दिन सुझाव दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा पूर्व डिस्ट्रिक गर्भनर अन्नत प्रसाद भेटुवाल, चार्टरका प्रेसिडेन्ट लक्ष्मी राज अधिकारी, लायन्स क्लव अफ काठमाडौं मोडेलका प्रेसिडेन्ट अनील शिवाकोटीलगायत विभिन्न अभियन्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।


प्रकाशित | ३ श्रावण २०७७, शनिबार १६:५४