प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियाको नाम अनुमोदित

काठमाडौं: संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई सर्वसम्मतिले अनुमोदित गरेको छ। संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार समितिमा थपलियाविरुद्ध परेका ६ उजुरीमाथि र उहाँका अनुभव र कार्ययोजनाबारे छलफल भएको थियो। त्यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको नाम पनि समितिले अनुमोदन गरेको छ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १९:०२