हङकङमा भानु जयन्ती तथा नि:शुल्क माक्स बितरण कार्यक्रम सम्पन्न

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको आयोजनामा हङकङमा पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइएको छ । साथै वर्तमान कोभिड १९ लाई मध्यनजर गर्दै नि शुल्क माक्स पनि बितरण गरिएको छ ।

Image may contain: one or more people, people standing and indoor

आदिकवि भानुभक्तको सम्झानमा कवियित्रीहरूबाट कविता वाचन गरि कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा साझा साहित्य श्रृंखला की अध्यक्ष सुनीता गिरी तथा कवियत्री पूर्णिमा शाहले कविता वाचन गर्नुभएको थियो ।

Image may contain: 3 people, people standing and indoor

एनआरएनए हङकङ अध्यक्ष राधिका गुरूड (टिका )को अध्क्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आईसीसी सदस्य दिलीप सिड गुरूङ र दासुराम पराजुली, संस्थापक अध्यक्ष कृष्णा पाण्डेसहित कार्यसमिति कार्यसमिति सदस्यलगायतको सहभागिता थियो ।


प्रकाशित | २९ असार २०७७, सोमबार १२:१९