होभर टेक्नोलोजीले सार्बजनिक गर्यो स्थानीय निकायका विभिन्न सफ्टवेयरहरु, के-के छन फिचर ?

काठमाडौं : होभर टेक्नोलोजी प्रा.ली.ले स्थानीय निकायका विभिन्न सफ्टवेयरहरु सार्वजनीक गरेको छ । स्थानीय निकायले गर्नु पर्ने सम्पूर्ण कामहरुलाई मध्यनजर गर्दै हरेक स्थानीय तहलाई डिजिटल (पेपर लेस ) बनाउने उदेश्यले विभिन्न सफ्टवेयर निर्माण गरि बिगत २ वर्ष देखि निरन्तर सेवा दिदै प्रा ली ले स्थानीय निकायका विभिन्न सफ्टवेयरहरु सार्वजनीक गरेको हो । जसले निर्माण गरेका विभिन्न सफ्टवेयरहरु यस्ता छन् :-

• दर्ता चलानी

• सिफारिस तथा प्रमाणपत्र ब्यबस्थापन प्रणाली

• योजना तथा कार्यक्रम ब्यबस्थापन प्रणाली

• जिन्सी (भण्डारण) ब्यबस्थापन प्रणाली

• डिजिटल प्रोफायल ब्यबस्थापन

• बिध्यालय ब्यबस्थापन प्रणाली

• बल्क एस एम एस (Bulk SMS) सेवा

• सम्पति कर तथा राजश्व ब्यबस्थापन प्रणाली

विभिन्न सफ्टवेयर निर्माण गरि हाल सम्म ३३ वटा स्थानीय निकायमा प्रयोग गरिसकेको कम्पनिका संचालक राज आचार्यले बताउनुहुन्छ ! अनलाईन र अफलाईन दुवै तरिकाबाट संचालन गर्न मिल्ने उक्त सफ्टवेयरहरु सामान्य कम्पुटरको ज्ञान भएका कर्मचारीहरुले सामान्य तालिम पश्चात सजिलै चलाउन सक्ने भएकोले यसको प्रयोग बढ्ने कुरामा आचार्य बिस्वस्त हुनुहुन्छ |

उक्त सफ्टवेयरहरुको प्रयोगबाट पालिका तथा वडा कार्यालयहरुको प्रशासनिक काम एबम व्यवस्थापन त्रुटि रहित ढंगले ढुक्कसँग गर्न सकिने साथै सेवाग्राहीको भिडभाड लाई कम गर्दै गुणस्तरीय सेवा प्रधान गर्न सकिने होभर टेक्नोलोजी प्रा लीले जानकारी दिएको छ ! सफ्टवेयर खरिद गर्दा गाउँ/नगरपालिका संग सम्झौता भएपछि सम्पूर्ण वडा कार्यालयहरुमा समेत सफ्टवेयर जडान गरिने भएकोले वडा कार्यालयहरुको गतिबिधिहरु गाउँ /नगर पालिकाबाट सजिलै निरीक्षण गर्न सकिने छ ।

के के छन् विशेषता !

• अनलाईन र अफलाईन दुवै तरिकाबाट संचालन गर्न सकिने ।

• सम्पूर्ण सिफारिस चिट्ठी, पत्र, प्रमाणपत्र को नमुना समेटिएको ।

• योजना, कार्यक्रम, ठेक्का, संचालन देखि सम्पन्न सम्मको सम्पूर्ण प्रक्रिया ।

• जिन्सी सामानहरु खरिद, वितरण, खप्ने मालसामान, खेरजाने मालसामान, बकिरहेको मौज्दात, सम्पूर्णको लेखाजोखा ।

• गाउँ नगर को जाति, धर्म, संस्कृति, विभिन्न सहकारी, सार्बजानिक निकाय,सामुदायिक तथा निजि बिध्यालय, गैर सरकारी संस्था, अस्पताल, भूगोल, बनावट, साक्षरता, जनसाङ्खिय तथ्यांक, सम्बन्धी बिस्तृत डिजिटल प्रतिबेदन ।

• बिध्यालयको मनिटरीङ, ग्रेडसिट, मार्कसिट तथा परीक्षाफल प्रकासन गर्न सकिने ।

• राजश्व संकलन तथा संचालन सम्बन्धि सम्पूर्ण कार्य ।

• बल्क एस एम एस सेवा ।

बिगत ५ बर्ष देखि निरन्तर सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको उक्त कम्पनि स्थानिय स्तरमा सफल सफ्टवेयर कम्पनीको रुपमा स्थापित हुदै स्थानीय निकाय, बिद्यालय, ब्यापार ब्यवसाय, सहकारी, सरकारी तथा गैरसरकारी कार्यालयहरु बैंक तथा वित्तीय संस्थासंग समन्वयगरी सफ्टवेयर सिस्टम मोबाइल एपको बिकास गरि अझै गुणस्तरीय सेवा प्रबाह गर्ने कम्पनिले जानकारी दिएको छ ।


प्रकाशित | २६ असार २०७७, शुक्रबार १२:२०