‘भारतीय मिडिया बकबास बन्द गर, नेपाली एकढिक्का छौँ’

काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको प्रचारले सीमा नाघेको भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ ।

नेता श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री ओलीका बारेमा गरेको अनर्गल प्रचारलाई बकवासको संज्ञा दिनुभएको छ । उहाँले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एक ढिक्क रहेको र विदेशीको फुटाउ र स्वार्थ पूरा गरु भन्ने नीति सफल हुन नदिने पनि बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक र आपत्तिजनक सामग्री दिइरहेका छन् ।


प्रकाशित | २५ असार २०७७, बिहीबार १४:४७