काँग्रेसद्वारा निर्धारित समयमै महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर

ललितपुर : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले आगामी फागुनमा हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनको मुख्य कार्यतालिका यथावत् राखी वडादेखि प्रदेशसम्मको कार्यतालिका फेरबदल गर्ने निर्णय गरिएको छ ।

केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार बैठकले पार्टीमा समायोजनको काम सक्न बाँकी रहेका जिल्लालाई साउन १० गतेभित्र सक्न निर्देशन दिएको छ । यसैगरी, फेरबदल गरिएको कार्यतालिका अनुसार, साउन मसान्तमा जिल्ला सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउनुपर्ने छ ।

केन्द्रमा प्राप्त क्रियाशील सदस्यको अन्तिम विवरण तयारी पार्टी सभापतिले हस्ताक्षर गरेको क्रियाशील सदस्यहरुको सूची निर्वाचन समितिलाई बुझाउने अन्तिम मिति मङ्सिर मसान्तभित्र तोकिएको छ । त्यसपछि निर्वाचन समितिले गाउँ नगर, वडादेखि क्रमशः अधिवेशन गराउँदै जाने छ ।


प्रकाशित | २३ असार २०७७, मंगलवार ०८:१४