नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी १ हजार ४६२ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढि एक हजार ४६२ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार एक हजार चार सय ६२ जना सक्रमित निको भएर डिस्चार्ज भएका हुन । यो सहित डिस्चार्ज हुनेको संख्या चार हजार चार सय ५६ जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार सबैभन्दा बढि कपिलवस्तुमा १५ महिला र दुई सय ८७ पुरुष गरि तीन सय दुई जना डिस्चार्ज भएका छन् । धादिङका ४५ जना, सुर्खेतका ३३, झापाका १८ , सप्तरीका १७, नवलपुरका १४, बाराका ६, भक्तपुरका पाँच, काठमाडौंका चार, ललितपुर, सिन्धुली र चितवनका दुई/दुई जना छन् ।

त्यस्तै सिन्धुपाल्चोक, खोटाङ मोरङ नुवाकोट र दोलखामा एक÷एक जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यसको यकीन विवरण आउँन बाँकि रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।


प्रकाशित | १७ असार २०७७, बुधबार १८:१५