रसुवामा पनि भेटिए कोरोना संक्रमित, नेपालमा थप ५५४ जनामा संक्रमण

काठमाडौं : नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ।

त्यस्तै थप एक जनाको समेत कोरोनाको कारण मृत्यु भएको छ । थप एकको मृत्यु सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

त्यस्तैगरि, प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रकाशित | १३ असार २०७७, शनिबार १६:४१