प्रारम्भ एकेडमीद्धारा स्नेहा आश्रमका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण

काठमाडौ -काठमाडौको कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर ६, बावाचोक स्थित प्रारम्भ एकेडमीको प्रारम्भ बाल क्लबका बालबालिकाहरूले आज मुलपानीस्थित स्नेह आश्रममा रहेका बालबालिकाहरूको लागि आवश्यक शैक्षिक तथा खेलकुद सामाग्रीहरू बितरण गरेका छन् ।

“बालबालिकाद्वारा बालबालिकाका लागि” भन्ने मूल नारालाइ आत्मसात गर्दै बाल क्लबले बालबालिकाको लागि विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै आएको प्रारम्भ बाल क्लबको अध्यक्ष रश्मि बिशुन्खे बताउनुभयो।

“सेवा नै धर्म हो” भन्ने कुरालाइ अभिप्रेरित गर्दै देश तथा देशबासिहरू प्रति माया र सेवा भाव देखाउन सिकाउनु जरुरी रहेको तथा किताबी ज्ञानको अलावा विद्यार्थीहरूमा समाजप्रतिको प्रेम र सेवा सम्बन्धि जानकारी गराउनु पनि बाल क्लबको उद्देश्य रहेको विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनुभयो।


प्रकाशित | १० फाल्गुन २०७९, बुधबार २०:४०