मेलबर्न शहरमा तीन महिनायताकै सबैभन्दा बढी सङ्क्रमित

काठमाडौँ : अष्ट्रेलियाको मेलबर्नमा एक्कासी कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जोखिम न्यूनीकरणका लागि सेना परिचालनको तयारी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जोखिम न्यूनीकरणसँगै परीक्षणका लागि सेना परिचालन गर्न लागिएको हो ।

बीबीसीका अनुसार मेलबर्न राजधानी रहेको भिक्टोरिया प्रान्तमा पछिल्लो चौबिस घण्टामा ३३ जना कोरोना सङ्क्रमितको पुष्टि भएको छ । भिक्टोरियामा पछिल्लो तीन महिनायताकै सबैभन्दा ठूलो सङ्क्रमित सङ्ख्या हो ।

परीक्षणलाई व्यापक बनाउन मेलबर्नमा मात्रै करिब एक हजार तीन सय स्वास्थ्य अधिकारीहरू परिचालन गरिँदैछ । अष्ट्रेलियामा बिहीबार ३४ जना नयाँ सङ्क्रमित थपिएकोमा ३३ जना भिक्टोरियाका छन् ।


प्रकाशित | ११ असार २०७७, बिहीबार १४:५०