काठमाडौं : नेपालमा बुधबार साँझसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। गत २४ घण्टामा ६ सय २९ नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको हो ।
अहिलेसम्म नेपालमा रसुवा जिल्ला बाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १०, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सुनसरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापाका १ र मोरङका १ जनामा कोरोना भेटिएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६, प्रादेशिक जनस्वास्थ्य प्रादेशिक जनकपुरमा धनुषाका २०, महोत्तरीका १२ र सर्लाहीका १ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका ४, बाजुराका ७, डोटीका ४९, कैलालीका ४८, कञ्चनपुरका ८५, पर्वतका २, रौतहटका ४४ र सर्लाहीका २०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा धादिङका २ र काठमाडौंका १ जनामा कोरोना पाइएको छ।
भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, तनहुँका १ र नवलपरासी पूर्वका ३, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा नवलपरासी पूर्वका २ र पाल्पाका १४, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, वीर अस्पताल काठमाडौं प्रयोगशालामा अछामका १३ जनामा कोरोना पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका २ र कास्कीका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ९, गोरखाका १, कास्की र लमजुङका ५÷५, पर्वतका १ र स्याङजाका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५, कपिलवस्तुका १, पाल्पाका १ र रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका ९ र बर्दियाका १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ७६ र प्यूठानका १०, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४ र कालीकोटका १, सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा कैलालीका १ सय ३, बाजुराका १ र कञ्चनपुरका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर १६ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। बुधबार झापा र सप्तरी यसको सूचीमा थपिएका छन्। सबैभन्दा धेरै रौतहटमा १ हजार २ सय ३ संक्रमित छन्।
दैलेखमा ७५३, कपिलवस्तुमा ७०६, सर्लाहीमा ६३७, महोत्तरीमा ५५१, कैलालीमा ४७९, दाङमा ३९१, बाँकेमा ३५३, सुर्खेतमा ३४६, धनुषामा ३१७, रुपन्देहीमा २७५, अर्घाखाँचीमा २५१, गुल्मीमा २४१, झापामा २११, डडेल्धुरामा २०४ र सप्तरीमा २०१ जना संक्रमित भेटिएका छन्।
देशभर २३ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३७ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ। बुधबार ६ सय २९ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको हो।

प्रकाशित | १० असार २०७७, बुधबार १९:३९