दिनैपिच्छे लेखा परीक्षण हुँदैन, हिसाबको चिन्ता नगरौँ, अहिले कोभिड १९ को चिन्ता गरौँ : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका क्रममा भएको हरहिसाबको चिन्ता नलिन आग्रह गर्नुभएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले अहिले खर्चको भन्दा पनि कोरोना भाइरस नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

संसदमा उठेका प्रश्‍नको जवाफ दिने क्रममा ओलीले राष्ट्रपतिलाई बुझाउने वार्षिक रिपोर्ट संसदमा आइसकेको जानकारी दिँदै भन्नुभयो, ‘हरेक कुराको हिसाब किताब रुजुबेरुज सबै आउँछ । आन्तरिक लेखा परीक्षण त्यो पनि भइरहेको हुन्छ । त्यसको पनि हिसाब आउँछ त्यसकारण हिसाबको चिन्ता नगरौँ अहिले कोभिड-१९ को चिन्ता नगरौँ ।’

कोरोना संक्रमण रोक्न सरकारले १० अर्ब कहाँ खर्च गर्यो ? भनेर सांसदहरुले गरेको प्रश्नको जफाव दिँदै ओलीले भन्नुभयो, सरकारले ‘दिनैपिच्छे लेखा परीक्षण गर्दैन । सरकार काममा केन्द्रीत छ। अहिले कतिपय माननीयज्यूले प्रश्न उठाउनुभएको छ। १० अर्ब खर्च भयो भने त्यो कहाँ भयो ? केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ। तीन तहका सरकार छन्। उनीहरुलाई दिइएको छ।’

ओलीले थप्दै भन्नुभयो, ‘अहिले हामीसँग पैसाको अभाव छ । दूरुप्रयोग भयो कि भन्न सक्निदनँ कहिँकतै भएको हुँनै सक्दैन भनेर पनि म त्यो दाबी गर्दिनँ तर, भएको छ भनेर सोच्नु पर्ने स्थिति म देख्दिनँ, मेरो भनाइ त्यति नै हो ।’ राष्ट्रिय संकट जटिल भएको बेला आपद विपद्का बेला भ्रष्टाचार गर्छ भने त्यो सह्य हुन नसक्ने पनि बताउनुभयो ।

कुवेतका नेपालीहरुले राहत मागेर खान पर्नेहरु प्राथमिकताको आधारमा पहिलो उडानमै स्वदेश फर्किन पाउनुपर्ने भन्दा भन्दै एयरलाईन्ससङ्ग चलखेल गरेर कम्पनीको टिकट भाडा पर्नेहरु हिमालय एयरलाइन्सबाट हिजो मात्र १६० जना उडाइएको जसमध्ये एकमात्रा पीडितले आफै टिकट काटेर उडेको बुझिएको छ।


प्रकाशित | २८ जेष्ठ २०७७, बुधबार १२:५५