पोखरामा युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार पक्राउ

पोखरा : पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली छन् । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ११:०५